वित्तीय समानीकरण अनुदान नघट्ने : प्रधानमन्त्री

४ हप्ता अगाडि

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वित्तीय समानीकरण अनुदान नघट्ने स्पष्ट पारेका छन् । 

आज राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै प्रचण्डले बरु सशर्त अनुदान भने घटाउँदै लगिने बताए । ‘वित्तीय समानीकरण अनुदान घटाइँदैन । बरु सशर्त अनुदान घटाउँदै लगिन्छ ।  विशेष अनुदावको विषयमा विशेष रुपले नै सोचिन्छ’, प्रधानमन्त्रीले भने।  उनले प्रदेश र स्थानीय तहले समानीकरणको बारेमा अनिश्चियको आधारमा बस्नु नपर्ने भन्दै सोहीअनुसार नीति कार्यक्रम बनाउन सक्ने स्पष्ट पारे ।
 

४ हप्ता अगाडि

प्रतिक्रिया