उपकुलपतिका उम्मेदवारहरु  १७ जना ‘सर्ट लिस्ट’मा

१ महिना अगाडि

काठमाडौं – सरकारले विभिन्न विश्वविद्यालयका रिक्त उपकुलपतिहरुको दरखास्त आह्वान गरेकोमा पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएकामध्ये १७ जना ‘सर्ट लिस्ट’ मा परेका छन् । 
मन्त्रालयद्वारा सर्ट लिस्ट’ मा परेका आवेदकहरुको प्रस्तुतीकरणका लागि वर्णानुक्रमअनुसार १७ जनाको नाम सार्वजनिक गरिएको हो । जसमा शुभनारायण पाठक, अनिलकुमार पोखरेल, जीवनकुमार ढकाल, अशोककुमार झा, गुरुप्रसाद खनाल, प्रमोदकुमार झा, बिजुकुमार थपलिया, विनोद पराजुली, देवीप्रसाद भट्टराई परेका छन् । 

यसैगरी राजनारायण यादव, नरेन्द्र कटुवाल, उमेश कोइराला, संजेशप्रसाद कोइराला, राजकुमार पोखरेल, रेशमबहादुर थापा, रमेशप्रसाद भट्टराई र महेशराज दाहालको पनि नाम सर्ट लिस्टमा छ । 

चैत २७ गतेदेखि चैत २९ गतेसम्मको समयमा सर्ट लिस्टमा परेकाहरुले अब आफ्नो सोचपत्र र व्यावसायिक कार्ययोजना शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रस्तुत गर्नुपर्ने सूचनामा उल्लेख छ ।  

१ महिना अगाडि

प्रतिक्रिया