सहकारी ठगीको मुद्धामा आज पनि संसद अवरुद्ध

१ महिना अगाडि

काठमाडौं – संसदीय समिति गठनको माग सरकारले सम्बोधन नगरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज पनि संसद बैठक अवरुद्ध गरेको छ  । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग राख्दै आएको छ । 

आज प्रतिनिधिसभाको बैठक सुरू हुनासाथ यसअघि झै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए ।

त्यसपछि पार्टीको तर्फबाट कुरा राख्दै कांग्रेस सांसद सञ्जयकुमार गौतमले प्रमुख प्रतिपक्षले उठाएको कुरालाई सत्तापक्षले गम्भीर नलिएको जनाए ।

नेपाली कांग्रेसले सहकारी ठगीको सम्बन्धमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समितिको माग गरिरहेको छ ।  

१ महिना अगाडि

प्रतिक्रिया