काठमाडौँ - भारत-नेपाल लोक शिल्प मेला २०२४ मार्च २८ देखि अप्रिल ०१ सम्म हरेक दिन १०:०० बजे देखि ७:०० बजे सम्म आयोजना हुने भएको छ ।
भारत–नेपाल शिल्प मेला (आईएनसीएफ) दक्षिण एशिया फाउन्डेशन (एसएफ) को एक पहल हो, जसले शिल्पमा आधारित द्विपक्षिय सम्बन्धहरुको प्रोत्साहन गर्दछ । भारत र नेपाल बीचको शिल्प र संस्कृतिको आदान-प्रदान कार्यक्रमलाई बढाउँने यो अभुतपूर्व शिल्प मेला यहि मार्च २८ देखि अप्रिल ०१ सम्म छाया सेन्टर, ठमेल, काठमाडौंमा आयोजना हुने भएको छ। सबै नागरीक लागि यो मेला खुला हुने र यस मेलाको अवलोकन निःशुल्क गर्न पाइने आयोजक संस्थाले जानकारी दिएको छ । ५ दिने अनौपचारिक प्रदर्शनी हुने उक्त मेलामा विभिन्न शिल्पको लाइभ प्रदर्शनीको, भारत र नेपालका शिल्पकर्मीहरूद्वारा बनाइएका अनौपचारिक आर्टिफेक्टहरू हुनेछ। मेलाका आकर्षणहरु स् व्यापार सुविधा, सांस्कृतिक कार्यक्रमहरू, शिल्प प्रदर्शनको लाइभ डेमन्स्ट्रेशन, डिजाइन वर्कशपहरु, भारत र नेपालका लोक कला र शिल्प, र साथमा वाराणसीको आकर्षक शिल्प समेत, मेलाको आकर्षणका रुपमा रहनेछ ।
शिल्प मेला (आईएनसीएफ)-२०२४० भारतको राजदूतावास, काठमाडौं, नेपालको राजदूतावासको प्रायोजनमा साथै विभिन्न नेपाली प्रायोजकहरु द्वारा प्रयोजन गरिएको छ। दक्षिण एशिया फाउन्डेशन र एसएएफ-नेपालको आयोजना र फेडरेशन अफ ह्याण्डिक्राफ्ट एसोसिएसन अफ नेपाल (एफएचएएन) र सार्क व्यापार संघको घरेलु काममा आधारित कामदारहरूको नेपाल च्याप्टर एसएबीएएच नेपालले आईएनसीएफ- २०१६मा संयुक्त सहकार्य गर्दैछन्। यस प्रदर्शनीमा ३५ भन्दा बढी शिल्पकर्मी र शिल्प सहित नेपालका विभिन्न भागहरूबाट २० भन्दा बढी शिल्पकर्मीहरू सहभागी हुने जनाईएको छ । काठमाडौंमा आयोजना हुने उक्त मेलाले नेपालसँग हरेक क्षेत्रमा नजिकको र कसिलो सम्बन्धले जोडिएको छिमेकी भारत सँगको सम्बन्धमा अर्को महत्त्वपूर्ण कोशेढुंगा सावित हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया