काठमाडौँ - वैदेशिक रोजगार विभागका लेखापाल प्रमोद निरौलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार मुद्दा दायर गरेको छ ।
उनले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुसररिसवत माग गरेको अवस्थामा आयोगको टोलीले १५ हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेको थियो । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार निरौलाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुरमा बिगोसहित १५ हजार जरिवाना र कैद सजायको मागदावी लिइएको छ ।
प्रतिक्रिया