टहरोमा आगलागी हुँदा एक जनाको मृत्यु

सोमबार, १९ चैत्र २०८०, २० : ५९

काठमाडौँ- गोकर्णेश्वर नगरपालिका-७ शिवचोकस्थित निला गुरुङको टहरोमा सोमबार  आगलागी हुँदा एक जना वृद्धको जलेर मृत्यु भएको छ । सोही ठाउँ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-५ घर भएका ७० वर्षीय भरत तिमल्सिनाको मृत्यु भएको हो ।

टहरोमा धुवाँ आएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई जलेर मृत्यु भएको अवस्थामा फेला पारेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सोमबार, १९ चैत्र २०८०, २० : ५९

प्रतिक्रिया