सिंगटी हाइड्रो इनर्जीको लिलामी सेयरमा आवेदन दिने अन्तिम मौका

१ महिना अगाडि

काठमाडौं- आज चैत २० गते सिंगटी हाइड्रो इनर्जीको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ।

आज कार्यालय समयसम्म मात्र यो लिलामीमा आवेदन दिन सकिनेछ। सिंगटी हाइड्रोले चैत १२ गतेदेखि ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो। यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ।

यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ। यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ । यसअघि कम्पनीले फागुन २ गतेदेखि २२ गतेसम्म १ करोड ४५ लाख  कित्ता १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो।

सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो।लिलामी सेयरमा आवेदन दिन पाउने स्थान

१ महिना अगाडि

प्रतिक्रिया