सर्वसाधारणका लागि गोर्खाज फाईनान्सको शेयर बिक्रीमा, कहाँ दिने आवेदन ?

मंगलबार, २० चैत्र २०८०, ०८ : ०२

काठमाडौं। गोर्खाज फाईनान्स लिमिटेडले संस्थापक शेयरधनी यादप राईको नाममा रहेको ६२ हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले बिक्रीमा ल्याइएको यस शेयरको मूल्य प्रतिकित्ता १५०रुपैयाँ तोकिएको छ। यसअघि संस्थापक शेयरधनीले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याइएको थियो। तर तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेपछि सर्वसाधारण व्यक्ति वा संस्थाले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजातसहित सूचना प्रकाशित मिति (चैत्र २० गते) ले १५ दिनभित्र संस्थाको प्रधान कार्यालय डिल्लीबजार, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

मंगलबार, २० चैत्र २०८०, ०८ : ०२

प्रतिक्रिया