मकाउ पठाईदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ

मंगलबार, २० चैत्र २०८०, १२ : २७

काठमाडौं- मकाउ पठाईदिन्छु भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मकाउ पठाइदिन्छु भन्दै २० लाख ८५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा सोलुखुम्बु दुधकोशी गाउँपालिका ४ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका ११ कपन बस्ने ३४ वर्षीय सन्तोष गुरूङलाई प्रहरीले पक्राउ गरेको हो । 

गुरूङले १० जनालाई वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई मकाउ पठाईदिन्छु भन्दै पीडितहरूबाट उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका ११ कपनबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

मंगलबार, २० चैत्र २०८०, १२ : २७

प्रतिक्रिया