एक्सनमा रञ्जिता

१ महिना अगाडि

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीको  झगडा अहिले सतहमा आएको छ । सुरुमा घर झगडाका रुपमा देखिएको रेशम–रञ्जिताको विवाद अहिले पार्टी विभिाजनकै तहसम्म जाने संकेत देखिएको छ । विवाद बैचारिक मात्र नभएर अब भौतिक आक्रमणकै अवस्थामा देखा पर्न थालेको छ । यही वावदकात्रीच पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योन्जन तामाङ र एवं गण्डकी प्रदेशका इन्चार्ज राजन गुरुङलाई पार्टीबाट निष्कासन गरेपछि विवादले उग्ररुप लिएको छ । हिजो अनामनगरमा बसेको नागरिक उन्मुक्ति पार्टीको बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू रामलाल डगौरा र रमेश विश्वकर्मालाई कुटपिट गरेपछि उनले पार्टीबाट निष्कासन गरेकी हुन् ।

रञ्जिताका पति समेत रहेका पार्टीका र्सस्थापक रेशम चौधरीले भने यसरी कसैलाई कुटपिट नगरिएको दाबी गरेका छन् । उनले चैत २३ गतेका लागि महाधिवेशनबाट चयन भएका केन्द्रीय समितिको बैठक बोलाएका छन् । यही बैठकबाट सबै कुराको छिनाफोनो हुने चौधरी बताउँछन् । 

रेशमले वर्तमान गठबन्धनको बिरोध गरिरहँदा अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेशदेखि केन्द्रसम्म वर्तमान गठबन्धनमा पार्टी सहभागी हुने निर्णय गरिसकेको हुनाले त्यसलाई कार्यान्वयन गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिएकी छिन् । 

१ महिना अगाडि

प्रतिक्रिया