काठमाडौँ - नेपाल टेलिकमले आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी सरकारको आलाकार्टा शुल्क प्रणाली लागु गर्ने निर्देशन बमोजिम आफ्नो टेलिभिजन सेवा NtTV का ग्राहकहरुका लागि NtTV A’la Carte शुल्क प्रणाली लागु गरेको छ ।
सो अनुरुप ग्राहकले Basic Package वा Premium Package वा Basic Package मा आवश्यकता अनुसार Bouquet Package थप गरी Package हरु खरिद गर्न सकिने व्यबस्था रहेको छ। Basic Package लिएका ग्राहकहरुले हालका लागि आफ्नो आवश्यकता अनुरुप तपसिल बमोजिमका द्ययगत्रगभत प्याकेजहरु खरिद गर्न सक्नेछन् ।
Premium Package सहितको वार्षिक प्याकेज Subscription गर्ने ग्राहकहरुका लागि अफरको रुपमा जम्मा रु. ३६० प्रति महिनाको दरमा Premium प्याकेजहरु उपलब्ध हुनेछन् । सो बमोजिम वार्षिक प्याकेज खरिद गर्दा प्याकेजको Tariff निम्न अनुसार रहेको छ :
ग्राहकले Basic तथा Premium Packageभ खरिद गर्नका लागि नजिकको नेपाल टेलिकमको काउन्टरमा Visit गर्नुपर्नेछ भने Basic Package लिएका ग्राहकहरुले थप Bouquet Package खरिद गर्नका लागि TV को Menu मा गएर आफैं खरिद गर्न सक्नेछन् । यस आलाकार्टा शुल्क प्रणालीमा आफ्नो रुची बमोजिमका प्याकेज खरिद गरी सो को मात्र भुक्तानी गर्न मिल्ने भएको हुँदा यसबाट ग्राहकहरुलाई फाइदा पुग्ने विश्वास कम्पनीको रहेको छ ।
प्रतिक्रिया