जनयद्धका कमाण्डरलाई अदालतमा हाजिर गराइंदै

१ महिना अगाडि


काठमाडौं– माओवादी जनयुद्धका चर्चित कमाण्डर कालीबहादुर खाम पक्राउ परेछि मानिसहरुले माआोवादी द्वन्द्वको कहालिलाग्दो अवस्था स्मरण गर्न थालेका छन् । खाम यस कारण पनि चर्चामा थिए कि उनी प्रचण्ड र केपीको चरम विवाद भएको बेला दुवै नेताका प्रिय पात्र बनेका थिए । संयोग यस्तो पर्यो कि अहिले उनीहरु मिलेको बेला फेरि खाम पक्राउ परे । खामलाई  व्यापारी रामहरी श्रेष्ठको हत्या अभियोग थियो ।  तिनै माओवादी पूर्वकमाण्डर कालीबहादुर खामलाई आज अदालतमा उपस्थित गराइँदैछ । मंगलबार काठमाडौंमा पक्राउ गरी चितवन ल्याइएका उनलाई आजै जिल्ला अदालतमा पेश गरिने चितवनका एसपी भावेश रिमालले बताए ।


माओवादी शान्ति प्रक्रियामा आएपछि भएको उक्त घटनामा उनी १५ वर्षदेखि उनी प्रहरीको फरार सूचिमा रहेका थिए । उनीमाथि जिल्ला अदालत चितवनमा मुद्दा छ । उनको मुद्दालाई अदालतले मुल्तवीमा राखेको थियो । आज अदालतमा बुझाइएपछि मुद्दाको प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ । खामविरुद्ध काठमाडौंमा पनि हातहतियार तथा खरखजाना र यार्सागुम्बा लुटपाटसम्बन्धी मुद्दा छ ।
खामको गिरफ्तारीले माओवादी जनयुद्धमा जीवन मरणको युद्ध लडेका योद्धाहरुलाई मनोवैज्ञानिक चोट पुगेको विश्लेषण हुन थालेको छ । 

१ महिना अगाडि

प्रतिक्रिया