नागरिक उन्मुक्ति पार्टीको विवादले उग्र रुप लिंदै

१ महिना अगाडि

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीमा चलेको विवादले चरम रुप लिन थालेको छ । पार्टीका संस्थापक रेशम चौधरी र पार्टी अध्यक्ष समेत रहेकी उनकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीको झगडाले पार्टी नै बिघटनको अवस्थामा पुग्न थालेको भनेर कार्यकर्तामा चिन्ता छाएको देखिन्छ । ििववाद यतिसम्म पुग्यो कि रेशमले आफूलाई सुटर लगाएर मार्ने षडयन्त्र गरेको समेत आरोप लगाए । यही विवादकाबीच नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम समानुपातिक सांसद इन्दिरा गिरीलाई कारबाही गरेको पत्र सुदूरपश्चिम प्रदेशसभा सचिवालयमा पठाएको छ ।

सांसद गिरीले स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएकोले उनलाई कारबाही गरिएको नाउपा अध्यक्ष श्रेष्ठले जानकारी दिएकी छन् ।

काठमाडौंबाट पत्र लिएर नाउपाका नेता धनगढी प्रस्थान गरिसकेको र आजै सभामुखलाई बुझाउने तयारी रहेको नाउपा स्रोतले जनायो ।


 

१ महिना अगाडि

प्रतिक्रिया