कर्णालीमा नयाँ सरकार गठनको आह्वान, कँडेल मुख्यमन्त्री बन्दै

१ महिना अगाडि

काठमाडौं –  माओवादी जनयुद्धको  आधार क्षेत्रको रुपमा चिनिएको कर्णालीमा पहिलो पटक एमाले नेतृत्वको सरकार बन्ने भएको छ । २०७४ सालदेखि मुख्यमन्त्री बन्ने दाउमा केन्द्रबाट तल झरेका एमाले नेता यमलाल कँडेल यसपटक मुख्यमन्त्री बन्ने अवसर प्राप्त गरेका छन् । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले हिजो पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वानगरेका छन् । उनले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउनका लागि दलहरूलाई आह्वान गरेका हुन । 
नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने समय आउँदो २७ गतेसम्मलाई दिइएको छ । केन्द्रमा नयाँ सत्ता समिकरणसँगै सत्तारुढ पाँच दलका शीर्ष नेताबीच कोशी, गण्डकी र कर्णालीमा एमालेले, बाग्मती र लुम्बिनीमा माओवादीले, सुदूरपश्चिममा एकीकृत समाजवादीले र मधेशमा जसपाले नेतृत्व गर्ने समझदारी भएको छ । मुख्यमन्त्री शर्माले केन्द्रको निर्णयलाई स्विकार गर्न सुरुमा आनाकानी गरे पनि अन्ततः विश्वासको मत लिने प्रक्रियामा नगएर राजीनामा दिएका हुन । यो सँगै एमाले पंक्तिमा उत्साह र उमङ्ग छाएको छ । 

१ महिना अगाडि

प्रतिक्रिया