मुख्यमन्त्री डोरमणी पौडेल बने चेपाङ र तामाङ विद्यार्थीको अभिभावक

६ बर्ष अगाडि

हेटौँडा,५ बैशाख-प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले आज तिनजना विद्यार्थीको अभिभावक बन्दै सामुदायिक विद्यालयमा भर्ना गरेका छन् । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर ६ मा रहेको राष्ट्रिय मावि सुनाचुरीका दुई वालवालिका तथा महेन्द्र किरण माविका १ बालकलाई भर्ना गर्दै मुख्यमन्त्री पौडेललले भर्ना अभियानमा सहभागि भएका हुन् ।
विद्यालय जानबाट कोहि पनि उमेर पुगेका वालवालिका नछुटुन भन्ने उदेश्य नेपाल सरकारले सुरु गरेको अभियान अन्र्तगत मुख्यमन्त्री पौडेलले सुनाचुरीमा स्थानीय मनहरी ६ जोगीटारका ६ वषीय संजित ब्लोन तथा मनहरी गाउँपालिका वडा नंबर ६ की ६ वर्षीय जेसिका प्रजालाई राष्ट्रिय मावि सुनाचुरीमा कक्षा एकमा भर्ना गरिदिएका हुन् ।
मुख्यमन्त्री पौडेलले उनीहरुको लागि विद्यालय पोशाक, जुत्तादेखि स्कुल ब्याग, किताव तथा स्टेस्नरी सामग्रीको समेत ब्यवस्था गरिदिएका छन् । विद्यार्थी भर्नापछि बोल्दै मुख्यमन्त्री पौडेलले वालवालिकाले पढन पाउने अधिकारलाई सरकारले निकै गम्भिर ढंगबाट लिएको र प्रदेश नंबर ३ सरकारले पनि यो अभियानलाई महत्वपूर्ण रुपमा लिएको बताए ।
शिक्षाविना विकास र समृद्धि संभव नभएको भन्दै उनले शिक्षाको उज्यालोबाट सबै वालवालिका बञ्चित हुन नहुने धारणा ब्यक्त गरे । कार्यक्रममा प्रतिनिधिसभा सांसद विरोध खतिवडा, प्रदेशसभा सांसदहरु जुनली श्रेष्ठ, ओम घलान, मनहरी गाउँपालिका अध्यक्ष एकाराज उप्रेती लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रदेशसभा सांसद ओम घलानले सुनिल चेपाङलाई आफु अभिभावक बनेर भर्ना गरेका छन् ।
मुख्यमन्त्री पौडेलले मनहरीकै महेन्द्रकिरण माविमा पुगेर सुमन चेपाङको पनि आफु अभिभावक बनेर भर्ना गरेका छन् । महेन्द्र किरण माविमा भएको कार्यक्रममा सांसद खतिवडाले पनि आफु अभिभावक बनेर विश्वास थोक्रा, जिल्ला समन्वस समितिका प्रमुख रघुनाथ खुलाललले आर्यन विक, गाउँपालिका अध्यक्ष उप्रेतीले खुसी घिमिरे, वडा सदस्यहरु पुस्कर सुवेदी तथा रामप्रसाद ढकालले गंगा प्रजा र विक्रम थिङको अभिभावक बनेर विद्यार्थी भर्ना गरेका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया