बझाङ प्रदेशसभा उपनिर्वाचनका लागि १२ सय प्रहरी परिचालन

३ हप्ता अगाडि

काठमाडौँ - आगामी वैशाख १५ गते हुने बझाङ प्रदेशसभा १ मा हुने निर्वाचनका लागि १२ सय सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । 

बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले निर्वाचन लक्षित सुरक्षा योजना तयार गरी प्रहरी परिचालन गरिएको  जानकारी दिए । निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर सो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गर्न लागिएको हो । म्यादी प्रहरीको प्रयोग नहुने भएकोले दुई सङ्गठनका प्रहरी निर्वाचनमा प्रयोग हुने कुइँकेलले जानकारी दिए । निर्वाचन क्षेत्रभित्र रहेको मतदान केन्द्रलाई संवेदनशीलताको आधारमा वर्गीकरण गरेर सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । उपनिर्वाचनका लागि आज बझाङ प्रदेशसभा १ मा उम्मेदवारको मनोनयन दर्ताको काम भइरहेको छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया