नेम्वाङले दर्ता गराए उम्मेदवारी

३ हप्ता अगाडि

काठमाडौँ - इलाम- २ उपनिर्वाचनमा नेकपा एमालेबाट सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् ।

सुहाङले निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । इलाम- २ बाट निर्वाचित सांसद सुवास चन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । सुहाङ दिवङ्गत नेता नेम्वाङका छोरासमेत हुन् । यसपटक नेकपा एमालेलाई नेकपा माओवादी केन्द्रले समर्थन गरेको छ । निर्वाचन आयोगका अनुसार आज साँझ ५ बजेसम्म मनोनयन गर्दा गर्ने समय रहेको छ । त्यसपछि आयोगले उम्मेदवारको मनोनयन पत्र दर्ताको सूची प्रकाशन गर्नेछ ।

 

३ हप्ता अगाडि

प्रतिक्रिया