आज यी ५ वटा संसदीय समितिको बैठक बस्ने मिति तय

३ हप्ता अगाडि

काठमाडौँ ।  चैत २५ गते आइतबारका दिन ५ वटा संसदीय समितिको बैठक बस्ने कार्यसूची तयार भएको छ । जसमा कानुन, न्याय तथा मानव अधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक एकै पटक बिहान ११ बजे बस्ने भएको छ।

 त्यसै गरी, महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो १२ बजे, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १२ः३० बजे र वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक दिउँसो १ बजे बस्ने मिति भएको छ । 

३ हप्ता अगाडि

प्रतिक्रिया