लुम्बिनीमा यसरी मिल्यो मन्त्रालयको भागवण्डा

३ हप्ता अगाडि

काठमाडौं– नयाँ सत्ता समीकरणसँगै यसअघि नेपाली काँग्रेसका तर्फबाट मुख्यमन्त्री रहेका डिल्लीबहादुर चौधरीले बिहीबार राजीनामा दिएपछि लुम्बिी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका जोग बहादुर महराले आज दिउँसो पद तथा गोपनीयताको शपथ लिने भएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १ः४५ बजे सपथ गराउने  तयारी गरिएको छ ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता महरालाई एमाले,जसपा,नाउपा,नेकपा एस र स्वतन्त्रसहित ४८ जना सदस्यको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गरिएको थियो । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपचार २ अनुसार महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री महराले एमाले तथा सरकारमा सहभागी साना दलहरुसँग छलफल गरेर सानो मन्त्रीमण्डल बनाउने तयारी गरेका छन् । साना दलले टुंगो लगाएपनि एमालेमाओवादीबाट कसलाई पठाउने आज बिहानै छलफल गरेर टुंगो लगाउने जनाइएको छ । यसका लागि नेकपा एमालेसँग आइतबार विहान छलफलका लागि समय तोकिएको छ ।

एमाले प्रमुख सचेतक तुलसी चौधरीले मन्त्रालयको सङ्ख्या बाँडफाँटको बारेमा मोटामोटी सहमति जुटिसकेको बताएका छन् । उनका अनुसार माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ३ मन्त्रालय, एमालेले सबैभन्दा ठूलो दलको हैसियतले ५ मन्त्रालय, जनता समाजवादी पार्टी जसपाले २ तथा एकीकृत समाजवादी र स्वतन्त्र सांसदले पालैपालो नेतृत्व गर्नेगरी एक मन्त्रालय दिने सहमति भएको हो। यसैगरी अन्तिम समयमा समर्थन गर्न आएको नागरिक उन्मुक्ति पार्टीलाई पनि मिलाएर लैजानुपर्ने र सो विषय सरकारको नेतृत्व गरेको पार्टीले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।

आइतबारको शपथ ग्रहणमा मुख्यमन्त्रीसहित माओवादी केन्द्र, एमाले तथा साना दलहरुबाट सहमतिअनुसार एक–एक जना विनाविभागीय मन्त्रीहरु सहभागी हुनसक्ने बताइएको छ । 

मन्त्रालय भागबण्डामा मोटमोटी सहमति जुटे पनि मन्त्रीको नाम टुंगो लगाउन भने एमाले र माओवादीलाई सकस परेको छ । एमालेबाट उपनेता चेतनारायण आचार्य, रूपन्देहीका तुलसी चौधरी,बाँकेका रत्न खत्री वा दुर्गा चौधरी, कपिलवस्तुका विष्णु पन्थी वा अर्जुन केसी, रूपन्देहीका भूमिश्वर ढकाल,गुल्मीका दिनेश पन्थीसहितका सांसदको नाम अगाडि आएको छ । यस्तै माओवादीबाट दाङका इन्द्रजित थारू, बाँकेकी कृष्ण केसी र रोल्पाका दिपेन्द्र पुनमध्येबाटै मन्त्री बन्ने सम्भावना छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया