काठमाडौं - सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा गुल्म अलौ पर्साले भारततर्फ तस्करी गर्न लागिएको ९४ कार्टुन मदिरासहित सुमो गाडीलाई नियन्त्रणमा लिएको छ ।
वीरगंज महानगरपालिका- १७ स्थित कोनिया नाकाबाट भारतीय नम्बर प्लेटको बीआर १० जे ८२०१ नम्बको टाटासुमो गाडीमा अबैध रुपमा लैजाँदै गरेको मदिरा सशस्त्र प्रहरीका नायव उपरीक्षक विकाश अधिकारीको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो । चालक भने फरार रहेका छन् । नियन्त्रणमा लिईएको मदिरा र गाडी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंजमा बुझाइएको प्रहरीले बताएको छ । ।
प्रतिक्रिया