कांग्रेसको निरन्तर आक्रमणले आत्तियो रास्वपा

३ हप्ता अगाडि

 काठमाडौं – संसदमा लगातार नेपाली कांग्रेसले लखेट्न थालेपछि घण्टी पार्टीलाई निकै आपत आइलागेको छ । कांग्रेसको आक्रमणबाट कसरी जोगिने भनेर उपाय खोज्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयमा आफ्नो दलका केही मन्त्री र नेताहरुसँग विशेष छलफल गरेका छन् । बिहान साढे ८ बजेदेखि झण्डै एक घण्टा भएको छलफलमा श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल,युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठ,पार्टी उपसभापति डा.स्वर्णिम वाग्लेलगायत सामेल थिए ।

 रास्वपाका नेताहरु आज दिउँसो २ बजे सभामुख देवराज घिमिरेले बोलाउनुभएको चार दलीय शीर्ष नेतासँगको परामर्श बैठक र सहकारी ठगी प्रकरणमा राजीनामा माग्दै काङ्ग्रेसले अवरुद्ध गर्दै आएको सँसदीय गतिविधिमा प्रस्तुत हुने उपायउपर केन्द्रित रहेको बुझिएको छ । 

सभामुख घिमिरेले दिउँसो २ बजे सिंहदरबारस्थित कार्यकक्षमा नेपाली काँग्रेस,एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरुसँग परामर्श गर्न लाग्नुभएको छ । प्रतिनिधिसभा बैठक अवरुद्ध हुन नदिन नेताहरुसँग परामर्श गर्न लागिएको सभामुखको सचिवालयले जनाएको छ । 

३ हप्ता अगाडि

प्रतिक्रिया