आज काठमाडौँमा राप्रपाले प्रदर्शन गर्ने, ५० हजार सहभागी हुने दाबी

३ हप्ता अगाडि

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौँमा सडक प्रदर्शन गर्ने भएको छ। संवैधानिक राजतन्त्रका पुरस्थापना सहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौँमा बृहत् प्रदर्शन गर्न लागेको हो। 

अपराह्न भृकुटीमण्डपबाट सुरु हुने सो प्रदर्शन काठमाडौँका विभिन्न स्थानको परिक्रमा गरेर जनसभामा परिणत हुनेछ । पार्टीले अघि सारेको ४० बुँदे माग पूरा गराउन दबाब दिन जिल्लाहरूमा विभिन्न कार्यक्रम गरिएको र आज काठमाडौँमा हुन लागेको जनप्रदर्शनमा देशभरका कार्यकर्ताहरू सहभागी हुने राप्रपाले जनाएको छ । 

सहकारी तथा लघुवित्तको समस्या समाधान हुनुपर्ने, ललिता निवास, वाइडबडी, नक्कली भुटानी शरणार्थी, ठुलो सुन काण्डलगायतको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने लगायतको माग राख्दै आएको राप्रपाले शान्तिपूर्ण आन्दोलन गर्ने जनाएको छ । राप्रपाले आजको प्रदर्शनमा ५० हजार भन्दा बढीलाई उतार्ने दाबी गरेको छ । 


 

३ हप्ता अगाडि

प्रतिक्रिया