कर्णालीमा मुख्यमन्त्रीको लागि दाबी पेश गर्दै एमाले नेता कँडेल

३ हप्ता अगाडि

काठमाडौं– एमाले–माओवादीको किचलो कायमै रहेको अवस्थामा कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री पदका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले दाबी पेस गर्ने भएका छन्। पहिले मुख्यमन्त्रीको सपथ गराउने वा प्याकेजमै सबै टुंग्याउने भन्ने विवादको समाधान हुन नसकेकोले अहिलेसम्म सरकार गठन हुन सकिरहेको थिएन । 
 
माओवादी केन्द्रका नेता कृष्णबहादुर जिसीले सत्ता गठबन्धनका दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीचको सहमतिका आधारमा नेता कँडेलले मुख्यमन्त्री पदमा दाबी पेस गर्ने बताए ।  ‘तर मन्त्रालय बाँडफाँटमा कुरा नमिलेसम्म माओवादी सरकारमा जाँदैन।’ उनले भने । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न दिएको समयसीमा मंगलबार बेलुका ५ः५० बजे सकिने भएकाले पनि दाबी पेश गर्न दवाव बढेको हो । 

माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना,भौतिक पूर्वाधार तथा सहरी विकास, उद्योग, पर्यटन,वन तथा वातावरण र सामाजिक विकास मन्त्रालयमा दाबी गरेको नेता जिसीले बताए ।

३ हप्ता अगाडि

प्रतिक्रिया