उम्मेदवारको अन्तिम नामावली प्रकाशन

३ हप्ता अगाडि

काठमाडौँ - २०८१ वैशाख १५ गते  हुने इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिएको छ ।

क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य उपनिर्वाचनको निर्वाचन कार्यक्रम अनुसार इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएकोमा स्वतन्त्र उम्मेदवार श्री केशव कुमार चापागाईंले उम्मेदवारी फिर्ता लिएकोले बाँकी १९ जनाको अन्तिम नामावली प्रकाशन भई निर्वाचन चिह्न समेत प्रदान गरिएको छ।

त्यसैगरी बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएकोमा नेपाली जनता दलका उम्मेदवार श्री अशोक सुनारले उम्मेदवारी फिर्ता लिएकोले बाँकी ११ जनाको अन्तिम नामावली प्रकाशन भई निर्वाचन चिह्न समेत प्रदान गरिएको छ। उक्त निर्वाचनमा मिति २०८१\०१\१५ गते शनिबारका दिन विहान ७;०० बजेदेखि साँझ ५:०० बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान गर्ने कार्यक्रम रहकोले मतदान कार्यमा सहभागी भै आफ्नो मताधिकार प्रयोग गर्न आयोग सम्बन्धित सबै मतदाताहरूमा आह्वान गर्दछ। उम्मेदवारको अन्तिम नामावली विवरण यसैसाथ संलग्न गरिएको छ ।

12

 

 

३ हप्ता अगाडि

प्रतिक्रिया