प्रतिधिनिधि सभाको बैठक स्थगित

४ हप्ता अगाडि

काठमाडौँ- बुधबार बसेको प्रतिधिनिधि सभाको बैठक २०८१ वैशाख २ बस्ने गरी स्थगित गरिएको छ । विशेषा समयमा दलका सांसदहरूले आ–आफ्नो कुरा राखेका थिए । 

सो समय सकिएपछि प्रतिपक्षी दलहरू आ–आफ्नो ठाउँमा उभेर बैठक अवरुद्ध गरेका थिए । आ(आफ्नो स्थानमा बस्न सभामुख देवराज घिमिरेले पटक पटक आग्रह गरेका थिए । प्रतिपक्षी दलका सांसदहरू नबसेपछि बैठक स्थगित गरिएको हो ।

प्रमुख प्रतिपक्षी दल कांग्रेस, राप्रपा र लोकतान्त्रिक समाजवादी पार्टीले बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले आगामी वैशाख २ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका थिए ।

४ हप्ता अगाडि

प्रतिक्रिया