श्रीमतीको अगाडि टिकेन रेशमको अडान

३ हप्ता अगाडि

काठमाडौं – रेशम चौधरी र रञ्जिताको झगडाले निकास पाउने संकेत देखिएको छ । रेशम अन्तत  श्रीमती रञ्जिताको जिद्धिको अगाडि पछि हट्न बाध्य भएका छन् । नयाँ गठबन्धनलाइृकुनै पनि हालतमा समर्थन नगर्ने रेशमको अडान श्रीमती रञ्जिताको अगाटि टिकेन ।   पार्टीको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको आज बसेको बैठकले नयाँ गठबन्धनमा जाने निर्णय गरेको बताइएको छ ।

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री सहित सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउने शर्तमा नयाँ सत्ता समीकरणमा जाने निर्णय गरेको संसदीय दलका नेता कैलाश चौधरीले बताए । पार्टीका सस्थापक समेत रहेका संरक्षक रेशम चौधरीको उपस्थितिमा  धनगढीमा बसेको बैठकले नयाँ सत्ता समीकरणमा जाने निर्णय गरेको संसदीय दलका नेता कैलाश चौधरीले बताए । 

सुदूर पश्चिम प्रदेशमा बहुमतको सरकार गठनका लागि आवश्यक २७ जना प्रदेश सभा सदस्यमध्ये उन्मुक्तिको भूमिका निर्णायक देखिन्छ । त्यहाँ नेकपा ९माओवादी केन्द्र० का १०, एमालेका १०, उन्मुक्तिका छ र नेकपा एकीकृत समाजवादीका चार जना प्रदेश सभा सदस्य छन् । 

नेपाली काँग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहले अल्पमतमा परेपछि चैत २२ गते राजीनामा दिएका हुन् । नयाँ मुख्यमन्त्री नियुक्तिको समय सीमा आउँदो वैशाख २ गतेसम्म तोकिएको छ । उक्त समयभित्र दुई वा दुईभन्दा बढी दलले आवश्यक बहुमत जुटाएर मुख्यमन्त्री दाबी गर्नुपर्ने छ 

३ हप्ता अगाडि

प्रतिक्रिया