सरकार संसदबाट भाग्न खोजेको कांग्रेसको आरोप

३ हप्ता अगाडि

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन लगायतका माग गरिरहेको बेला सरकारले त्यसको सामना गर्न नसकेर संसद अधिवेशन अन्त्य गर्न लागेको आरोप लगाएको छ । कांग्रेसले सरकारलाई संसदीय मूल्य मान्यता र अलोकतान्त्रिक काम नगर्न चेतावनी दिएको छ ।

कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले, बजेट अधिवेशनका लागि पर्याप्त समय हुँदाहुँदै पनि अधिवेशन अप्रत्याशित रूपमा अन्त्य भएको भन्दै कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको बताए ।

दलको बैठकपछि बोल्दै लेखकले सरकारको तानाशाही प्रवृत्तिका कारण आफूहरुले २ दिन मात्रै संसद  अवरोध गरेको र यसको जिम्मा सरकारले लिनुपर्ने बताए ।

सचेतक लेखकले भने, ‘प्रतिपक्षको अवरोधका कारण संसद् चल्न नसकेको भन्ने तर्क लज्जास्पद छन् । संसदका कुनै पनि काम कारबाही अवरोध गरेको थिएन । सरकारको तानाशाही प्रवृत्तिका कारण २ दिन अवरोध भएको हो । यसको जिम्मा सरकारले नै लिनुपर्दछ । यो निर्णयको कांग्रेस घोर भर्त्सना र निन्दा गर्दछ । अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताका विरुद्ध काम नगर्न सरकारलाई कडा चेतावनी पनि दिन्छौँ ।’

नेपाली कांग्रेसले यस अघि सरकारका उपप्रधान तथा गृहमन्त्री नै सहकारी ठगीमा संलग्न रहेको विषयमा छानबिन गर्न माग गर्दा पनि सरकार सदनबाट भागेर हिँडेको कांग्रेसको भनाई छ ।
 

३ हप्ता अगाडि

प्रतिक्रिया