मुख्यमन्त्री हात लाग्दा पनि किचलो सकिएन

२ हप्ता अगाडि

 काठमाडौं –  सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिने सत्तारुढ दलहरुको सहमति भैसकेको छ । तर उन्मुक्ति भित्रैको खिचलो भने सकिएको छैन । कसलाई अघि बढाउने भन्ने विषयमा विवाद हुँदा दाबी पेश गर्न ढिलाइ भएको बताइएको छ । 
प्रदेश प्रमुखले सरकार गठनका लागि दिइएको समय सीमा आज आइतबार सकिंदैछ ।

सत्ता समीकरण फेरिएपछि सुदूरपश्चिममा निर्णायक भूमिकामा रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई मुख्यमन्त्री दिने नयाँ गठबन्धनमा सहमति भइसकेको छ ।

नागरिक उन्मुक्ति पार्टीकै प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीका रूपमा अघि सारिने गठबन्धनमा आवद्ध एक सांसदले बताए ।

नाउपामा अध्यक्ष रञ्जिता पक्षले कैलाश चौधरी र संरक्षक रेशम चौधरी पक्षले लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीका रूपमा अघि सारेपछि विवाद छ । तर कैलाश चौधरीले नै एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्ने केन्द्रीय सदस्य रमेश बिकले बताएका छन् । 

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ काठमाडौंबाट धनगढी पुगेपछि सरकारमा दाबी पेस गरिने उनी बताउँछन् ।

२ हप्ता अगाडि

प्रतिक्रिया