देउवाले भने, राजा फर्काउने कुरा असम्भव

२ हप्ता अगाडि

काठमाडौं–पूर्व पञ्चहरुको पार्टी राप्रपाले राजसंस्था पुनस्र्थापना लगायत मागहरु राखेर आन्दोलन गरिरहेको बेला नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा राजतन्त्र फर्काउने कुरा सम्भव नरहेको बताएका छन् । 

देउवाले सूर्यबहादुर थापा प्रतिष्ठानुले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा राखेका हुन ।  राजतन्त्रको सट्टा उनले  अहिलेकै व्यवस्थालाई सुदृढीकरण गरेर जानुपर्नेमा जोडसमेत दिएका छन् । 

‘राजा फर्काउनुपर्यो भनेर मान्छेहरु हिँड्दैछन् । राजा फर्किन्छ भन्ने होइन । यही व्यवस्थालाई अझ समय स्वीकार्य बनाएर लैजाऔँ । धेरै कुराहरु सुधार गर्न पनि सहमति हुनुपर्छ, दुई तिहाई चाहिन्छ । केही समस्या र कमी कमजोरी रहन्छन् भनेपनि सुधार गरेर जाऔँ । तर अब राजा फर्काउने कुरा असम्भव कुरा देख्छु मैलेु, सभापति देउवाले भने । 

उक्त प्रतिष्ठानले पूर्वप्रधानमन्त्री तथा पंचायतका नेता सूर्यबहादुर थापाको नवौं स्मृति दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा कांग्रेस सभापति देउवासहित राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष पशुपति शमशेर राणा, कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी, नेता मिनेन्द्र रिजाल, जसपाका नेता प्रदीप यादव लगायतको उपस्थिति थियो ।
 

२ हप्ता अगाडि

प्रतिक्रिया