मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु

२ हप्ता अगाडि

काठमाडौँ - आयोगको फागुन १३ गतेको निर्णयबाट उपनिर्वाचन प्रयोजनको लागि देशभर  १४ गतेदेखि मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएको  थियो ।

 उपनिर्वाचन हुने इलाम र बझाङ जिल्लामा बैशाख २५ गतेदेखि र बाँकी सबै जिल्लामा मिति बैशाख ०३ गतेदेखि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट साविकमा झैँ प्रदेशरजिल्ला निर्वाचन अधिकारीले प्रमुख नाम दर्ता अधिकारीको रूपमा काम गर्ने गरी मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य मतदाता नामावली ऐन, २०७३ को व्यवस्था बमोजिम सुचारु गरिएको छ। पेशा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगाना भन्दा फरक अर्को कुनै जिल्लामा बसोवास गरिरहेको व्यक्तिले नाम दर्ताका लागि आवश्यक प्रमाण सहित प्रि(रजिष्ट्रेशन प्रणाली मार्फत आवेदन गरेमा त्यस्तो व्यक्तिको नाम निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्ला मतदाता नामावली सङ्कलनको कार्य साविकमा झैँ प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयले   निरन्तरता दिइएको छ।

त्यसैगरी कुनै मतदाताले आफ्नो मतदाता नामावलीमा रहेको नाम,  जन्म मिति, नागरिकता सम्बन्धी विवरण, बाबुको नाम, आमाको नाम, पति वा पत्नीको नाम, बाजेको नाम तथा वडा भित्रको मतदान स्थल लगायतका विवरणमा रहेको त्रुटि सच्याउन, मतदाताको नामावली सार्न, मतदाताको दोहोरो नाम हटाउन, नागरिकता त्याग, रद्द तथा मृत्यु भई नामावलीबाट नाम हटाउन निवेदन दिन र झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश भएको भए उजुरी दिन  निर्वाचन कार्यालयले जनाकारी दिएको छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया