दलको अनुमति बिना विदेश नजान ओलीको कडा निर्देशन

२ हप्ता अगाडि

काठमाडौं –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई कडा निर्देशन दिएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसदीय दलको अनुमति बिना विदेश भ्रमण नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन । 

बिना अनुमति विदेश गएर केही समस्यामा फसेपछि पार्टी जिम्मेवार नहुने भन्दै उनले सांसदहरुलाई सचेत गराएका हुन् । विगतमा सांसदहरु रातो पासपोर्टलगायतका काण्डमा फसेपछि पुनः सांसद हुन नपाउने गरी पार्टीले कारबाही गरेको दृष्टान्त पेश गर्दै उनले भने, ‘समितिका बैठकहरुमा हाम्रो भूमिका एफसेन्ट होइन, एफसेन्ट कारण चाहिन्छ । र माननीयजीहरु कहाँ हुनुहुन्छ भन्ने कुरा प्रमुख सचेतक र सचेतकलाई स्पष्ट जानकारी हुनुपर्दछ । माननीयहरु कहाँ हुनुहुन्छ ? बिना इजाजत विदेश जाने गरिएको छ भने त्यो बन्द गरिदिउँ ।

सहकारी लगायतका ठगीमा पनि सांसदहरु संलग्न रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसमा नफस्नका लागि पार्टीका सांसदहरु सावधानी अपनाउनुपर्नेमा जोड दिए ।
 

२ हप्ता अगाडि

प्रतिक्रिया