गठबन्धन जोगाउन प्रचण्डलाई पर्यो सकस

१ हप्ता अगाडि

 काठमाडौं – मुलुक र जनतलाई सरकार भएको अनुभूत गराउन भनेर बनाइएको नयाँ गठबन्धन पनि संकटमा परेको छ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिनेसहमति विपरित नागरिक उन्मुक्तिलाई दिएपछि सत्ता गठबन्धनमा खटपट सुरु भएको हो । प्रचण्ड र ओलीले पलेर नेकपा कालको तीतो घटना स्मरण गराएको माधव नेपालले आफ्ना निकटस्थहरुसँग बताउन थालेका छन् । यसै सेरोफेरोमा सत्ता गठबन्धन जोगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेटेका छन् । बालुवाटारमा प्रधानमन्त्री र खनालबीच मंगलबार बिहान भेटवार्ता भएको हो ।

नेकपा (एस) लाई राष्ट्रियसभाको उपाध्यक्ष र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा समाजवादीलाई दिने सहमति भएको थियो । तर राष्ट्रियसभाको उपाध्यक्ष एमालेले पाइसकेको छ ।

यसैबीच सुदूरपश्चिमको मुख्यमन्त्री पनि नाउपालाई दिने भएपछि नेकपा समाजवादीले कांग्रेससहितको गठबन्धनका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गर्न लागेको छ ।

नाउपाकै लक्ष्मणकिशोरलाई कांग्रेसले मुख्यमन्त्रीका रुपमा अगाडि सारेको छ भने एमाले–माओवादीले नाउपाका अर्का सांसद कैलाश चौधरीलाई मुख्यमन्त्रीका रुपमा बढाएका छन् ।

 

१ हप्ता अगाडि

प्रतिक्रिया