रवि को हुन र उनलाई छानबिन नै गर्न नहुने ?

१ हप्ता अगाडि

काठमाडौं – प्रधानमन्त्री प्रचण्डको सुशासनको नारालाई आफ्नै मन्त्रीमण्डलका सदस्यले खिल्ली उडाइदिएका छन् । सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेको बचाउमा प्रधानमन्त्री लागेको देखेर माओवादीकै नेता कार्यकर्ताले प्रश्न गर्न थालेका छन् । नुवाकोटका पूर्व जनसरकार प्रमुख समेत रहेका रजमान तामाङ्गले केही दिन अघि फेसबुकमा ’थुइक्क तेरो सुशासन’ भनेर आक्रोश समेत पोखेका थिए । पूर्व सभामुख देखि पूर्व मन्त्रीहरु समेतलाई पक्राउ गर्न मिल्ने तर रविलाई छुन नहुने ? उनी को हुन यो देशका ? के उनी संविधानभन्दा माथि छन् ? 
नेपाली कांग्रेसले उनीमाथि गम्भीर आरोप लागेको र प्रमाण समेत देखिएकोले संसदीय छानबिन समिति बनाउने माग राख्दा सरकारले संसद अधिवेशन नै बन्द गरिदियो । लाखौं बचतकर्तालाई बिचल्ली बनाएर एक जना रबिको लागि सरकार र खासगरी प्रधानमन्त्री जसरी पर्खाल बनेका छन् यो ज्यादै दुखदायी भएको पीडितहरुको गुनासो छ । अहिले यही आक्रोस बुटवल भैरहवाका सडकमा पोखिन थालेको छ । हजारौं सहकारी पीडितहरु सडकमा आउन बाध्य भएका छन् । उनीहरुका लागि सरकारले फलाक्ने गरेको सुशासन हावादारी गफ मात्र साबित भएको छ । गृहमन्त्री माथि छानबिन हुनुपर्ने माग अहिले भने सबैतिर ण्ठ्न थालेको छ । उनकै पार्टी  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने कांग्रेसको मागमा सहमति जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत सभापति रवि लामिछाने मुछिएको विषयमा कांग्रेसले संसदीय छानबिन माग्दा आफूहरु अलमलमा पर्न नहुने धारणा राखेका छन् ।


नेता कार्कीले संसदीय छानबिनको कुरा अर्को दलले उठाउँदा आफूहरुको विरुद्धमा भएकोजस्तो देखिएपनि अन्त्र्यमा त्यो मुद्दा रास्वपाको नै मुद्दा भएको दाबी गरेका छन् । उनले भनेका छन, ‘दुर्भाग्य, बिचमा केहि अलमल भएको छ । जसले गर्दा संसदीय छानविनको असल कुरालाई अर्को दलले उठाउँदा त्यो हाम्रो विरूद्धमा जस्तो भएको छ । तर अन्तर्यमा हेर्ने हो भने त्यो मुद्दा त खासमा हाम्रो मुद्दा हो । हाम्रै सभापतिले गरिमामय संसदमा उठाउनु भएको बिषय हो । त्यो कसरी हाम्रा विरूद्धमा हो भन्ने मान्नु ? संसदीय समिति हाम्रो विरूद्धमा हो भन्ने कुरा भ्रामक कुरा हो । कसैलाई हाम्रो बिरुद्दमा हो भन्ने लाग्छ भने सभापति कै केही अगाडिको कुरासँग त्यो बाझिन्छ ।’

शिर ठाडो बनाएर गौरवले घण्टी बजाउने समर्थकहरु प्रश्न आउला र निरूत्तर भइएला भनेर खुल्न संकोच मान्ने अवस्था बनेको पनि उनले उल्लेख गरेका छन् । नेता कार्कीले त्यसबाट पर्दा हट्न अब सवाल जवाफ मात्रै पर्याप्त नभएको र हरेक कोणबाट जाँचिन नेतृत्व तयार हुनुपर्ने बताएका हुन् ।

१ हप्ता अगाडि

प्रतिक्रिया