युक्रेन बिरुद्ध लड्न किन गैरहेका छन् नेपालीहरु ?

१ हप्ता अगाडि

काठमाडौं – देशमा रोजगारी नपाएर विदेशिने क्रममा युवाहरु जानी जानी मृत्युको मुखमा पुग्न पनि बाध्य भएका छन् । संसारको ध्यान तान्न सफल रुस–युक्रेन युद्धमा रुसी सेनामा भर्ति हुन पनि नेपाली युवाहरु हुर्रिएर गएका छन् । यसरी युक्रेनसँग लड्न रुसी सेनामा भर्ना भएका नेपालीको आधिकारिक संख्या २९५ पुगेको बताइएको छ । तीमध्ये २२ जनाको ज्यान गइसकेको छ ।

लडाइंमा टिक्न नसकेर ती मध्ये ६८ जना स्वदेश फर्केका छन् । युद्धको क्रममा छ जनालाई युक्रेनले बन्धक बनाएर राखेको समाचार छ । 

युद्ध छोटिने कुनै छेकछन्द छैन । युद्धले विकराल रुप लिइरहेको छ । दुवै देश एक अर्कालाई समाप्त पार्न भएभरको शक्ति लगाइरहेका छन् । विनासकारी रुस–युक्रेन युद्धको आज ७८५ दिन पुगेको छ । युद्धका कारण युक्रेनका ३१ हजार बढी सैनिक र रुसी ५० हजार सैनिक मारिएको विभिन्न समाचार एजेन्सीले बताएका छन् । सर्वसाधारणको हताहती योभन्दा धेरै भएको अनुमान छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया