प्रधानमन्त्रीले रञ्जितालाई के भने ?

१ हप्ता अगाडि

काठमाडौं – सत्ता गठबन्धनका बारेमा बजारमा अनेकौं किसिमका समाचारहरु आइरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका छन् । उनले सरकार पूरै कार्यकालसम्म अगाडि बढ्ने बताएका छन् । 

प्रेस सेन्टर कैलालीद्वारा धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले बाहिर चलाइएका हल्लाप्रति कुनै विश्वास नगर्न आग्रह गरेका छन् । 

प्रधानमन्त्री प्रचण्डले भने, ‘सुदूर पश्चिम प्रदेश सरकार गठन अन्तिम चरणमा पुगेको छ । अब प्रदेश सरकार पनि बलियो भएर अघि बढ्ने छ ।’ प्रधानमन्त्री प्रचण्डले उक्त अवसरमा सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारी र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरीलाई साथमै राखेर सो कुरा बताएका हुन । उनी   सुदूरपश्चिम विश्वविध्यालयको दीक्षान्त समारोहमा सहभागी हुन महेन्द्रनगर जाने क्रममा धनगढी विमानस्थल पुगेका हुन । 

१ हप्ता अगाडि

प्रतिक्रिया