मलेशियामा सैन्य हेलिकोप्टर ठोक्किंदा १० जनाको मृत्यु

१ हप्ता अगाडि

काठमाडौँ - मलेशियामा आज बिहान मलेशियाली सेनाको दुई हेलिकोप्टर आकाशमा ठोक्किंदा १० जनाको मृत्यु भएको छ।

एउटा हेलिकोप्टरको रोटर ब्लेड (पंखा) अर्कोसँग ठोक्किंदा दुर्घटना भएको हो ।रोयल मलेशियन नेभीले हवाई अभ्यासका क्रममा हेलिकोप्टरहरू लुमुट शहरको रोयल मलेशियन नेभी बेसमा ठोक्किएर दुर्घटनाग्रस्त भएको विज्ञप्तिमा उल्लेख गरेको छ। एउटा हेलिकप्टरमा सात र अर्कोमा तीन जना सवार थिए। “सबैको घटनास्थलमै मृत्यु भएको र पहिचानका लागि शवलाई लुमुट सैन्य अस्पतालमा लगिएको छ,” विज्ञप्तिमा भनिएको छ, “पीडितहरूको भिडिओ र फोटोहरू नफैल्याउन आग्रह गरिएको छ।”


 

१ हप्ता अगाडि

प्रतिक्रिया