नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका लागि ६ वटा क्षेत्रमा सम्झौता

१ हप्ता अगाडि

काठमाडौं- नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका लागि विभिन्न ६ वटा क्षेत्रमा सम्झौता भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीबीच भेटपछि विभिन्न समझदारी भएको हो। 

दुर्ई देशबीच सरकारी तहका विभिन्न मन्त्रालय अन्तर्गत ६ वटा र निजी क्षेत्रका २ गरी ८ विषयमा सम्झौता भएको हो। नेपाल र कतारबीच सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो।  त्यस्तै दुईृ देशबीच निजी क्षेत्रसम्बन्धी २ सम्झौता समेत भएको छ। कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका हुन्। बुधबार प्रधानमन्त्री प्रचण्ड र कतारका अमिरका प्रतिनिधिमण्डलको टोलीबीचको वार्तापछि सहमतिपत्रमा हस्ताक्षर भएको हो। 

उक्त सहमतिपत्रमा नेपालका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र कतारका समकक्षीले  हस्ताक्षर गरेका हुन्।  दुई दिने नेपालको राजकीय भ्रमणमा रहेका कतारका अमिर आज स्वदेश फर्किँदैछन्। मंगलबार अपरान्ह नेपाल आइपुगेका उनले मंगलबार नै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेका थिए। 

१ हप्ता अगाडि

प्रतिक्रिया