इलाममा आजै रातिदेखि मतगणना शुरु

१ हप्ता अगाडि

काठमाडौँ - निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ को मतगणना आजै राति शुरु हुने जनाएको छ । बझाङको मत आइतबार बिहान ११ बजेदेखि गणना थालिने भएको हो  । 

इलामको मत गणना राति १२ बजेअघि नै शुरु हुने सम्भावना रहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिएका छन् । उनले सोहीअनुसार तल निर्देशन दिइएको बताए । सबै मतदान केन्द्रबाट राति १० बजेसम्ममा मतपेटिका सदरमुकाम आइसक्ने अनुमान गरिएको उनले बताए । इलाममा गत वर्ष निर्वाचनमा ६० प्रतिशत मत खसेकोमा यस पटक ६३ प्रतिशतसम्म पुग्ने अनुमान रहेको थपलियाले जानकारी दिए । त्यस्तै बझाङमा पनि ५३ प्रतिशतभन्दा माथि नै मत खस्ने सम्भावना रहेको उनले बताए ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया