मतदान स्थलमा सबै मतपेटिका आइपुग्यो, सर्वदलिय बैठक बस्दै

१ हप्ता अगाडि

इलाम- शनिवार मतदान भएका इलामका सबै मतदान केन्द्रबाट रातीसम्ममा मतपेटिका आइपुगेका छन् ।

राती बिहानको २ बजे राति सम्म ७९ जटा मतदान स्थल र १४९ वटै मतदान केन्द्रको मतपेटिका गणना स्थल आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बाटोका कारण मतपेटिका ल्याउन ढिलाइ भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इलाम बजारमा रहको गौतम बुद्ध हलमा मतगणनाको तयारी भएको छ ।

हिजोबाटै मतगणनाको तयारी भए पनि अबेरसम्म मात्रै मत पेटिका आइपुग्ने भएपछि अहिले बिहान ७ बजेका लागि सर्वदलीय बैठक बोलाइएको छ । अहिले सर्वदलीय बैठकको तयारी भइरहेको छ । इलाममा १ लाख १५ हजार ८८९ मतदाता थिए । ती मध्ये ६९ हजार २८७ मत खसेको थियो ।

१ हप्ता अगाडि

प्रतिक्रिया