विदेशीले जलविद्युतलाई महत्त्व दिएका छन् : मन्त्री बस्नेत

२ हप्ता अगाडि

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले लगानी सम्मेलनका क्रममा उपस्थित विश्वभरका लगानीकर्ताले नेपालको जलविद्युत, सोलार र वायु ऊर्जा क्षेत्रमा  उत्साह देखिएको बताएका छन् ।  

उनले भने, ‘सम्मेलनमा सहभागिताका क्रममा विदेशी लगानीकर्ताले ऊर्जा क्षेत्रमा राम्रो चासो देखाएका छन् । ऊर्जा मन्त्रालय र मातहतका निकायले निरन्तर सहजीकरण गरिरहेका छन् । उनका अनुसार नेपाल सरकारले प्राथमिकतामा राखेको क्षेत्र जलविद्युतलाई लगानीकर्ताले उच्च प्राथमिकतामा राखेका छन् ।’

मन्त्री बस्नेतका अनुसार जलविद्युतसँग सम्बन्धित सेसनमा समेत लगानीकर्ताको बाक्लो उपस्थिति थियो । सो सेसनमा विदेशी लगानीकर्ताले चासोका साथ ऊर्जासँग सम्बन्धित परियोजनामा बसेको र लगानीको इच्छा देखाएका छन् । यद्यपि यतिबेलासम्म सम्मेलनका क्रममा कुनै पनि ऊर्जासँग सम्बन्धित सम्झौता सम्पन्न भएको छैन । लगानी बोर्डको कार्यालयले तयार पारेको परियोजनाको सूचीमा जलविद्युत, सोलार र वायु ऊर्जा तथा प्रशारणलाइनसँग सम्बन्धित योजना अधिकांश छन् ।

२ हप्ता अगाडि

प्रतिक्रिया