इलाम – २ मा नेकपा एमालेका नेम्वाङ विजयी

२ हप्ता अगाडि

फिक्कल - प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी  भएका छन् । उनकाे  निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार नेम्वाङलाई नेपाल परिवार दलका साथै नेकपा कम्युनिष्ट पार्टी (विप्लव) र नेकपा माओवादी केन्द्रको पनि समर्थन रहेकाे थियाे ।

एमाले उम्मेदवार नेम्वाङले २७ हजार सात सय ७२ मतका साथ निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए ।

 उनकाअनुसार पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले ११ हजार चार सय ५७ मत र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका मिलन लिम्बूले पाँच हजार ५० मत पाएका छन् ।मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले आठ सय १६ मत प्राप्त गरेका छन् । एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए ।  यो निर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा थिए । 

२ हप्ता अगाडि

प्रतिक्रिया