लगानी सम्मेलन कति सफल, कति असफल ?

राजनीतिक हिसाबले होस वा आर्थिक सामाजिब हिसाबले पनि उपयुक्त थियो । अझ संक्रमणकालीन राजनीतिकबाट गुज्रिरहेको अहिलेको अबस्थामा भइरहेको लगानीसम्मेलन आशा र उत्साह ल्याउने सुनौलो अबसर थियो । तर, लगानीसम्मेलन चर्चा बढी र प्रगति कम भएको धेरै आर्थिक विद्हरुले टिप्पणीगरेका छन् ।

२ हप्ता अगाडि

काठमाडाै- लामो समयदेखि चर्चामा रहेको लगानीसम्मेलन औपचारिक रुपमा सोमबार सकिएको छ । मुलुकमा तेस्रो लगानीसम्मेलन हुँदैगर्दा आम  नेपाली जनता, उद्योगी  र राजनीतक दलहरुले  लगानीको अपेक्षा थियो पक्कै पनि यस लगानीसम्मेलनमा चुकिएको जानकारहरु बताउँछन् । तेस्रो लगानीसम्मेलन नेपाली राजनीतिक देशको विकास निर्माणमा विकासउन्मुख देशबाट विकसित देशतर्फ फड्को मार्नका लागि यो उपयुक्त अवसर थियो । चाहे राजनीतिक हिसाबले होस वा आर्थिक सामाजिब हिसाबले पनि उपयुक्त थियो । अझ संक्रमणकालीन राजनीतिकबाट गुज्रिरहेको अहिलेको अबस्थामा भइरहेको लगानीसम्मेलन आशा र उत्साह ल्याउने सुनौलो अबसर थियो । तर, लगानीसम्मेलन चर्चा बढी र प्रगति कम भएको धेरै आर्थिक विद्हरुले टिप्पणीगरेका छन् । 

पहिला सम्झौता भएका केही आधारहरु हेरौं :

यसपटकको लगानीसम्मेलनमा सार्वजनिक निजी साझेदारी अवधारणालाई अगाडि बढाउनका लागि समझदारीपत्रसहित करिब एक दर्जन समझदारीमा हस्ताक्षर भएको छ जनाइएको साथै त्यो बाहेक ३० भन्दा बढी विदेशी प्रतिनिधिमण्डलले विभिन्न सम्बन्धित मन्त्रालयका मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटघाट  गरेको दाबी छ ।सम्मेलनका क्रममा आइतबार तीनवटा सम्झौता, डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि बिएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता, नेपाल उद्योग वाणिज्य महासङ्घ र नेसनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धनका लागि सहकार्य गर्नेसम्बन्धी सम्झौता, महासङ्घले फेडेरेसन अफ् मलेसियन म्यानुफ्याक्चरर्ससँग पनि सहकार्यका लागि सम्झौता, नेपालमा सार्वजनिक–निजी साझेदारी (पिपीपी) प्रवद्र्धनका लागि ‘वल्र्ड एसोसिएसन अफ पिपीपी युनिट्स एन्ड प्रोफेसनल्स’ (वाप) र ‘नेपाल एसोसिएसन अफ पिपीपी प्रोफेस्नल्स अफ प्राक्टिस्नर्स’ (नाप) बीच द्विपक्षीय सहकार्यसम्बन्धी समझदारी  भएका छन् ।

लगानी सम्मेलनको दोस्रो दिन आज नेपालमा सार्वजनिक–निजी साझेदारी (पिपीपी) प्रवद्र्धनका लागि ‘वल्र्ड एसोसिएसन अफ पिपीपी युनिट्स एन्ड प्रोफेसनल्स’ (वाप) र ‘नेपाल एसोसिएसन अफ पिपीपी प्रोफेस्नल्स अफ प्राक्टिस्नर्स’ (नाप) बीच द्विपक्षीय सहकार्यसम्बन्धी समझदारी,सम्मेलनका क्रममा साखः एन्ड कम्पनी प्राइभेट लिमिटेड र बोर ग्रुप अफ होटल चाइनाबीच होटल व्यवसायमा सहकार्यसम्बन्धी सम्झौता, त्यसैगरी, चिनीयाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दुईवटा समझदारी सम्पन्न भएका छन् ।

‘नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड’ र चीनको ‘एमएबीसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’ बीच तथा नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआइसी) र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबीच छुट्टाछुट्टै समझदारी, यो लगानी सम्मेलनमार्फत मुगु जिल्लाको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । उक्त रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो । उक्त लगानीसम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्रि अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राइभेट लिमिटेडकाका तर्फबाट  सम्झौता भएको छ ।

त्यस्तै  मुगु जिल्लाको छायानाथ रारा नगरपालिका–९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने यो रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड बराबर लगानी गर्न लागिएको तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि रु नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको छ । उद्योग विभागअन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्कर सिंह धामीले दिएको जानकारीअनुसार भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि  ६ अर्ब, काठमाडौँमा व्यावसायिक भवन निर्माणका लागि   ३ अर्ब, संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा २ सय किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि ७ करोड ६६ लाख र ललितपुर जिल्लामा होटल तथा रेस्टुरेन्ट निर्माणका लागि  ६ करोड २५ लाख बराबर लगानी स्वीकृत भएको छ ।

विभागले आजै स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत विदेशी लगानी स्वीकृति हुने प्रणालीको उद्घाटन गरेको छ । नेपाल सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने व्यवस्थाका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ को पहिलो संशोधन गरी यही वैशाख ७ गते प्रकाशित भएको राजपत्रअनुसार शत्प्रतिशत शेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी संस्थापना गर्न वा विदेशी लगानीमा संस्थापना भई सञ्चालनमा रहेको विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीमा पूँजी वृद्धिका लागि लगानी गर्न स्वचालित मार्गमार्फत निवेदन दिने तथा स्वीकृत गर्ने व्यवस्था कायम रहेको छ ।

सरकारले तत्कालै अध्यादेश ल्याएर हौसिएको  लगानीसम्मेलनमा भद्रगोल ब्यवस्थापनका साथै यस अघि पनि उलेख्य प्रगति नभएको लगानी सम्मेलनले विगतमा भएका सम्झौताले पनि देखाउँछ ।


 

२ हप्ता अगाडि

प्रतिक्रिया