कर्णाली सरकारले आजै पूर्णता पाउने, माओवादीबाट को को बन्दैछन मन्त्री ?

२ हप्ता अगाडि

काठमाडौं – मुख्यमन्त्री नियुक्त भएको २२ दिनपछि यमलाल कँडेलले आज सरकारलाई पूर्णता दिने भएका छन् । मुख्यमन्त्री कँडेलले १२ वैशाखमा सत्ता साझेदार दल माओवादी केन्द्रका सांसद रनसिंह परियारलाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए । कँडेलले आज ६ जना मन्त्री नियुक्त गर्न लागेका छन् ।

सत्तारुढ दल एमाले र माओवादीबाट गरी ६ जनाले आज शपथ लिँदै छन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार दिउँसो २स्३० बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम राखिएको छ । माओवादीबाट वीर बहादुर शाही सामाजिक विकास मन्त्री , महेन्द्र के .सी. आर्थिक मामिला तथा योजना मन्त्री र दुर्गबहादुर रावत यद्योग तथा वन मन्त्री बन्ने बताइएको छ ।  
८ सदस्यीय मन्त्रिमण्डलमा माओवादीले चार मन्त्रालयमा र एमालेले मुख्यमन्त्री सहित तीन मन्त्रालय पाउने सहमति दलहरूबिच यस अघि नै  जुटेको थियो । 
त्यस्तै एमालेले मुख्यमन्त्री सहित भौतिक पूर्वाधार विकास, आन्तरिक मामिला तथा कानुन र भूमि व्यवस्था कृर्षी तथा सहकारी मन्त्रालय लिने सहमति भएको छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया