कर्णालीका नवनियुक्त ४ जना मन्त्रीले लिए शपथ

२ हप्ता अगाडि

काठमाडौँ - कर्णाली प्रदेशका नवनियुक्त ४ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  प्रदेश प्रमुख तिलक परियारले उनीहरूलाई मंगलबार शपथ खुवाएका हुन् ।

शपथ लिनेमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्ग रावत रहेका छन् । यस्तै राज्यमन्त्री गोमता विकले पनि शपथ लिने भएकी छन् । कृषि मन्त्रीमा नियुक्त भएका विनोद कुमार शाह भने शपथ ग्रहणमा उपस्थित भएका छैनन् ।

२ हप्ता अगाडि

प्रतिक्रिया