राष्ट्रपति समक्ष उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन पेश

२ हप्ता अगाडि

काठमाडौं - निर्वाचन आयोगले हालै सम्पन्न उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ । राष्ट्रपति पौडेललाई आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएको हो ।
 
“सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम “प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाचन परिणाम सहितको प्रतिवेदन” पेश गर्नु भयो,” प्रवक्ता भट्टराईले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

press-note-presidnt-1714630306.jpg

२ हप्ता अगाडि

प्रतिक्रिया