उप निर्वाचनको सन्देश

कमलेश डि.सी.

२ हप्ता अगाडि

निर्वाचन लोकतन्त्रको लागि सुन्दर अभ्यास हो । निर्वाचनका माध्यमबाट नै जनमतको परिक्षण हुने गर्दछ । जनताले कुन राजनीतिक दललाई शासन सत्तामा जाने अनुमति दिने भन्ने निर्णय पनि निर्वाचनबाटै हुने गर्दछ । त्यसैले हरेक निर्वाचनको विशिष्ट खालको सन्देश हुने गर्दछ । यद्यपी इलाम र बझाङमा भएको उप निर्वाचनको परिणामले राष्ट्रिय राजनीतिमा कुनै ठूलो परिवर्तन त ल्याउन सक्तैनथ्यो । सत्ताको गणितमा खासै असर पर्ने स्थिति थिएन । तर पनि यस निर्वाचनको परिणामले राजनीतिक दलहरुलाई केही सबक भने सिकाएको छ । 

निर्वाचन परिणामले सबैभन्दा ठूलो भड्का राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिएको छ । उसले यस उप निर्वाचनमा जितेर ८४ मा एक्लै बहुमत ल्याउने सपना देखेको थियो । निर्वाचन परिणामले उसको मिशन ८४ को नारालाई गफमा सिमित गरिदिएको छ । जनता परिपक्व र राजनीतिक स्थिरताको पक्षमा देखिएका छन् । अनुहार मात्र नया“ भएर हु“दैन । विचार, दृष्टिकोण र योजना पनि नया“ हुनुपर्दछ भन्ने स्पष्ट सन्देश निर्वाचन परिणामले दिएको छ । यो निर्वाचनमा रास्वपाले जमानत समेत जोगाउन सकेन । यसको पछाडि उसको नेतृत्वमाथि उठेको सहकारी प्रकरणको प्रश्न पनि हो । यो प्रकरणको न्यायिक निरुपण नभएसम्म आगामी दिनमा पनि रास्वपालाई यसले लखेटिरहनेछ । 

निर्वाचन परिणामले राजावादी शक्तिलाई पनि ठेगान लगाइदिएको छ । राजालाई हेर्न आउने भिंड मुलुकमा राजतन्त्र फर्काउन चाह“दैन भन्ने पनि राजेन्द्र र ज्ञानेन्द्र शाहीहरुले बुझे होलान् । जनता २०६२÷६३ को जनआन्दोलनको विपक्षमा छैनन् बरु त्यसको उपलब्धीको रक्षा गर्दै थप सुधारको पक्षमा देखिएका छन् । 
वर्तमान निर्वाचन प्रणालीबाट कसैको बहुमत आउन सम्भव छैन । कुनै न कुनै प्रकारको राजनीतिक गठबन्धन आवश्यक छ भन्ने पनि निर्वाचन परिणामले बताएको छ । माओवादी सहितको गठबन्धन हु“दा कांग्रेसले बझाङमा ठूलो मतान्तरमा जितेको थियो । तर अहिले माओवादीको साथ नरह“दा पराजित हुनुपर्यो । अर्कोतर्फ एमालेले पनि एक्लै बहुमत ल्याउने सपना नदेख्न पनि निर्वाचन परिणामले सन्देश दिएको छ । यही यथार्थलाई बुझेर नै केपी ओलीले माओवादीलाई कांग्रेसको कित्ताबाट आफूतिर ल्याएका हुन । 

नेपाली कांग्रेसको गोदावरीमा भएको महासमिति बैठकमा निर्वाचनपूर्व गठबन्धन नगर्ने निर्णय भएको थियो । जसले माओवादीलाई एमाले सहितको गठबन्धनमा पुर्यायो । यही निर्णयले कांग्रेसलाई दोस्रो स्थानमा सिमित गरिदियो । आगामी निर्वाचनमा पनि कांग्रेस दोस्रो नै हुने हो । माओवादी एक्लै जित्ने अवस्थामा नरहे पनि दुइृ ठूला दललाई पहिलो बनाउन निर्णायक हुने अहिलेको निर्वाचन परिणामले पनि देखाएको छ । 

२ हप्ता अगाडि

प्रतिक्रिया