पार्टी फुटेपछि जनता समाजवादी पार्टीले आगामी रणनीतिको बारेमा छलफल गर्दै

१ हप्ता अगाडि

काठमाडाैँ- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव स्वदेश फर्किएका छन् । आफू विदेशमै भएको बेला अशोक राईको नेतृत्वमा बहुमत सदस्यले पार्टी फुटाएपछि यादव भ्रमण छोट्याएर गएराति फर्किएका हुन् ।

कतार एयरवेजको जहाजबाट राति १ बजेतिर त्रिभुवन विमानस्थल उत्रिएका यादवलाई स्वागतका लागि पार्टीका नेता रकार्यकर्ता र मन्त्रालयका अधिकारी पुगेका थिए । उनी न्यूयोर्कस्थित यूएन सेक्रेटरियटमा आयोजित विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा भाग लिन गत शनिबार त्यता गएका थिए । यादवले संसदीय दलको बैठक बोलाएका छन् । पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई बैठकमा बोलाइएको छ । अशोक राईले प्रतिनिधिसभाका १२ मध्ये ७ सांसद र ३० केन्द्रीय सदस्यको हस्ताक्षरमा नयाँ पार्टी जसपा दर्ता गरिसकेका छन् । अब उपेन्द्रसँग प्रतिनिधिसभामा ५ जनामात्रै सांसद छन् ।

१ हप्ता अगाडि

प्रतिक्रिया