आन्तरिक राजस्व बिभागद्वारा घर जग्गा कारोबारबाट नेपाल सरकारलाई प्राप्त लाभकर प्रस्तुत

१ हप्ता अगाडि

काठमाडौँ - आर्थिक बर्ष २०८१\०८२ को आर्थिक ऐन तथा बजेट तर्जुमाको आन्तरिक राजस्व बिभागद्वारा सार्वजनिक सूचनामा नेपाल राज्यभर हुने घर जग्गा कारोबारबाट नेपाल सरकारलाई प्राप्त हुने पूँजीगत लाभकर समेतका सन्दर्भ निम्नानुसार सुझाव प्रस्तुत गरिएको  छ ।

 १) घर जग्गाको खरिद बिक्रिमा स्वामित्व प्राप्त गरेको ५ बर्ष अवधि नाघेको र ननाघेकोमा क्रमश ५% र ७.५% पुँजिगत लाभकर लाग्ने व्यवस्था विभेदपूर्ण रहेको भन्ने जनगुनासो व्यापक रहेकोले स्वामित्व कायमको अवधी नराखी सवैलाई एकमुष्ट  २.५% दुई दशमलव पाँच प्रतिशत) पुँजिगत लाभकर लगाउनु पर्ने । यसले जनताले खुशीले कर तिर्ने अवस्था सिर्जना भै लाभकर छली गर्न लिखतमा थैली अंक कम गराउने प्रवृत्तिको अन्त्य भै पूँजीगत लाभकरमा वृद्धि हुने देखिन्छ । 

२) पैतृक सम्पत्ति (खरिद विक्रि बाहेक अन्य व्यहोराबाट प्राप्त) घरजग्गाको निःसर्गमा स्वामित्व कायम भएको मिति गणना नगरी २.५% (दुई दशमलव पाँच प्रतिशत) पुँजिगत लाभकर लगाउनु पर्ने ।

३) अदालतबाट भएको फैसला वा मिलापत्रको आधारमा दर्ता छुट्टीदा वा हक कायम भै स्वामित्व कायम हुँदा वा लिलाम सकार गर्दा सेवाग्राहीले अदालतमा नै कोर्टफी, दशौंद, विशौंद, वक्सौनी लगायतका दस्तुरहरु बुझाई फैसला कार्यान्वयन वा मिलापत्र हुने हुँदा त्यस्तो घर जग्गाको दा.खा. हुँदा पूँजीगत लाभकर लगाउँदा सेवाग्राही दोहोरो करको मारमा पर्ने हुनाले जनतालाई पर्न जाने मर्कालाई दृष्टिगत गरी त्यस्तो कारोबारमा पूँजीगत लाभकर लगाउनु उपयुक्त र न्याय संगत नहुने देखिन्छ ।

४) संयुक्त स्वामित्वमा रहेको घर जग्गाको स्वामित्व कायम हुँदाको बखत नै पूँजिगत लाभकर तिरी सकेको हुने दर्ताफारी भनेको निसर्ग नभई हक छुट्याउँने कार्य मात्र भएकोले दर्ता छुट्टाई दर्ताफारी गर्दा पूँजिगत लाभकर नलाग्ने व्यवस्था गर्नुपर्ने ।

५) तिन पुस्ता भित्रका नातेदार भित्रको घर जग्गा ३ पुस्ता भित्रकै नातेदार भित्र खरिद विक्रि हुँदा पुरै पुँजिगत लाभकर लगाउदा अन्याय हुने भएकोले लाग्ने लाभकरको ५०५ मात्र लाभकर लगाउनु उपयुक्त हुन्छ । 

६) खरिद बिक्रि र दान बकस अलग अलग बिषय भएको हुँदा तिन पुस्ते बाहिरका व्यक्तिरसंस्था लाई दान बकस दिदा लिदा खरिद बिक्रिको ५०५ मात्र लाभकर लगाउन उचित हुन्छ । 

७) मोही लागेको जग्गामा मोहीको आधा स्वामित्व रहने तर मोही यथावत राखी विक्रि गर्दा जग्गाधनिको हकहिस्सा मात्र विक्रि भई मोहीको भाग यथावत रहने तर मालपोतको मुल्याङ्कन अनुसार मुल्य (थैली) कायम गर्दा मोहीको भागको मुल्य थैलीमा घटाउन नमिल्ने भएकोले मोही भएको जग्गाको खरिद विक्रिमा लाग्ने लाभकरमा ५०५ छुट हुने व्यवस्था गर्नुपर्ने ।

१ हप्ता अगाडि

प्रतिक्रिया