काठमाडौँ - सरकारले आउँदो आर्थिक वर्षदेखि बूढीगण्डकी र नलगाडको निर्माण शुरु गर्ने भएको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१\८२ को सरकारको नीति तथा कार्यक्रममा बूढीगण्डकी जलविद्युत् आयोजना र नलगाड जलाशययुक्त आयोजनाको निर्माण अगाडि बढाउने उल्लेख छ । एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको पूर्वतयारीको काम सम्पन्न भइसकेको छ ।
मुआब्जा वितरणलगायतका काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको शीघ्र शिलान्याश गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताउँदै आएका छन् । धादिङ र गोरखाको सीमा भएर बहने बूढीगण्डकी नदीमा निर्माण हुने आयोजनालाई बहुउद्देश्यीय बनाउने समेत सरकारको सोच छ । यस्तै चार सय १७ मेगावाट क्षमताको नलगाड आयोजनाको समेत विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । यो आयोजना निर्माणका लागि सरकारले आवश्यक तयारी गरेको छ ।
प्रतिक्रिया