भोलि देखि ५ दिनसम्म काठमाडौंका यि स्थानहरुमा विद्युत सेवा अबरुद्ध हुने

बुधबार, ०२ जेठ २०८१, १६ : २५

काठमाडौं- जेठ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत सेवा अबरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेका कारण विभिन्न स्थानमा विद्युत् आपूर्तिमा अवरोध हुने भएको हो ।

प्राधिकरणका अनुसार जेठ ३ गते नयाँबजार, जेठ ५ गते नयाँबजार र क्षेत्रपाटी, जेठ ६ गते भिमसेनस्थान र जेठ ८ गते भिमसेनस्थान र त्रिपुरेश्वर क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुन लागेको हो ।  यी क्षेत्रहरुमा बिहान ११ देखि साँझ ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने छ ।

बुधबार, ०२ जेठ २०८१, १६ : २५

प्रतिक्रिया